काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई राहत सामग्री वितरण गरेकी छिन् ।
छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी उक्त कार्यक्रममा हँसिलो मुद्रामा सहभागि उनले विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री विरतण गरेकी थिइन् ।
लायन्स ब्लब अफ काठमाडौँ युनिक र रहिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
हिमानीलगायत राजपरिवारका सदस्य त्यहाँ पुग्दा विद्यार्थीहरुले स्वागत गरेका थिए ।
प्रतिक्रिया