सवारी साधनबाट फोहोर फ्याके ५ सय देखि ५ हजारसम्म जरिवाना

६ बर्ष अगाडि

यातायत व्यवस्था विभागले सार्वजनिक सुचना निकाल्दै सार्वजनिक सवारी साधनका यात्रूहरुलाई सवारी साधनबाट फोहोर नफ्याक्न अनुरोध गरेको छ । विभागले फोहोर जथाभावी नफाली डस्विनमा राख्न सेवा संचालक, चालक सहचालक र यात्रुहरुलाई अनुरोध गरेको छ   । 

भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसंगको सहकार्यमा विभागले यस्तो नियम कार्यान्वयन गर्न  लागेको हो।
सवारी साधनको नियमित सरसफाई , मर्मत सम्भार गरि यात्रु बस्ने सिटको सरसफाई गर्न तथा चालक र सहचालकहरुले यात्रुहरुलाई शिष्ट,सभ्य व्यवहार गर्न पनि विभागले अनुरोध गरेको छ ।
यात्रु सवारी साधनमा चढेपछि चालक वा सहचालकले सवारी साधनमा डस्टविन राखेको जानकारी दिनुपर्ने र त्यसमा मात्रै फोहोर फाल्न अनुरोध गर्नुपर्ने छ । सवारी साधनले उक्त फोहोर निश्चित ठाउमा प¥याएर मात्रै बिसर्जन गर्नुपर्ने पनि विभागले बताएको छ । 

यदि कसैले जानकारी दिँदा दिँदै पनि नियम उल्लङघन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने छ विभागले जनाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ बमोजिम जथाभावी फोहोर फ्याकेमा ५ सय देखि ५ हजारसम्म जरिवाना हुनेछ। 
साथै डस्टबिन नराख्ने सवारीसाधन जाँचपास रोकिने विभागले जनाएको छ। प्रत्येक ६ महिनामा भाडाका सवारीसाधन प्रदुषण जाँचपास गराउनुपर्छ।  डस्टबिन राखिएको नभेटिए जाँचपास गरेर हरियो स्टिकर नै नदिईने विभागले जनाएको छ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया