बुधबारबाट पोखरामा सुरु भएको सीमा सुरक्षा बैठक सकिएको छ । नेपाल भारत सीमा विवाद सार्वजनिक भएको बेला भएको सुरक्षा बैंठकमा विवादित कालापानी, लिपुलेकको विषयमा भने छलफलले प्रवेश पाएन ।
नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको थियो ।
छलफलमा सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषय लगायतका विषयहरु मात्रै समावेश भएको हो । विवादित सीमाका बारे भने छलफल भएन ।
‘हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुन्छ । त्यो विषय एजेण्डामै थिएन’, स्रोतले भन्यो ।
शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको हो।
प्रतिक्रिया