जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले विद्यार्थी नेता समेत रहेका उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनि रत्नराज्यलक्ष्मी क्याम्पस अन्तर्गत अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका थिए ।
न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबार को इजलाशले राईलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
तिहारको बेला चिनजानकै युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।
अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया