प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले मानवअधिकारको प्रवद्र्धनका लागि चेतना अभिवृद्धि र सामाजिक एवं सांस्कृतिक अभियान सञ्चालनमा जोड दिएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज यहाँ आयोजित विश्वव्यापी आवधिक समीक्षा विषयक प्रदेश नं २ स्तरीय कार्यशालामा प्रदेश प्रमुख परियारले यस प्रदेशमा मानव विकास सूचकाङ्क सन्तोषजनक भएको बताउँदै विद्यमान उत्पीडनलाई न्यूनीकरणका लागि सबैको अग्रसरताको खाँचो औँल्याए।
सो अवसरमा प्रदेशसभा सदस्य रामाशीष यादवले सबै मानवरक्षक भई द्वन्द्व व्यवस्थापन गर्न सामाजिक, आर्थिक र पर्यावरणको संस्थागत सुधारतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक भएको धारणा राखे । प्रदेशसभा सदस्य शारदा थापाले प्रदेश नं २ मा लिङ्गका आधारमा गरिने विभेद र जातीय छुवाछूत क्यान्सर रोग झैँ फैलिएको छ भने ।
आयोगका सदस्य सुदीप पाठकले मानवअधिकारको संरक्षण, संवद्र्धन तथा यसको प्रभावकारी कार्यान्वयनका लागि आयोग क्रियाशील रहेको प्रसङ्ग उल्लेख गरे । धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेवले बनरैतले मानवअधिकारको रक्षाका सवाललाई ग्रामीण क्षेत्रसम्म अभिमुखीकरण गर्नु जरूरी छ भने।
प्रतिक्रिया