सार्वजनिक खरिद ऐन निमार्णमैत्री नभएको भन्दै निर्माण व्यवसायीले दिए धर्ना

६ बर्ष अगाडि

सार्वजनिक खरिद ऐन निर्माणमैंत्री नभएको भन्दै निमार्ण व्यवसायीले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन्।
व्यवसायीहरुले शुक्रबार विहान १ घण्टा धर्ना दिएका हुन । नेपाल निर्माण व्यवसायी महासंघले धर्नाको नेतृत्व गरेको थियो । 


नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै शुक्रबार विहान एक घण्टा धर्ना दिएका हुन्।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्।
उनिहरुले अनुगमन कार्यालयका सचिव मोहन कृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणका लागी  आग्रह पनि गरेका थिए।

उनले आफूहरुको सो समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराए।

६ बर्ष अगाडि

प्रतिक्रिया