बाणिज्य बैंकको मात्र ३८८४ शाखा, तर १२ स्थानीय तह अझै बैंक बिहिन

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बाणिज्य बैंक पु¥याउने लक्ष्य लिए पनि अझै १२ स्थानी तह बैंक विहिन रहेका छन् । राष्ट्र बैंकले २०७५ असार मसान्त सम्ममा नै बाणिज्य बैंकहरूलाई सबै स्थानीय तहमा शाखा पु¥याउन निर्देशन दिएको थियो । 
तर, २०७६ असोजसम्ममा पनि ७४१ स्थानीय तहमा मात्र बैंकको शाखा पुगेको छ । हाल नेपालमा ७५३ स्थानीय तह छन्, जसअनुसार अझै १२ स्थानीय तह बैंक बिहीन भएको देखिन्छ । नेपालमा बाणिज्य बैंकको मात्र ३ हजार ८८४ वटा शाख छन्, तर त्यसले १२ स्थानीय तहलाई छुन सकेको छैन ।  विकास बैंक, वित्त कम्पनी तथा वित्तिय सस्थाको शाखा भने त्यहाँ पुगेको हुन सक्ने बताइएको छ । 

म्याद गुज्रिएपनि दुर्गम ठाउँमा शाखा विस्तार गर्न प्राविधिक समस्या भएपछि राष्ट्र बैंकले थप म्याद भने ताकेको थिएन । बैंकहरूको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले यस बिषयमा लचकता अपनाएको थियो । बाँकी भएको स्थानीय तहमा चालु आव भित्र बैंकको शाखा पुग्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंककाअनुसार दुर्गम ठाउँमा मात्र बैंक पुग्न सकेका छैनन् । 


तथ्यांकनुसार प्रदेश नम्बर ५ को १०९ ओटै स्थानीय तहमा शाखा विस्तार भएका छन् । यसका आलाव प्रदेश नम्बर एकको १३७ स्थानीय तहमध्ये १३६ ओटामा बैंकको शाखा स्थापना भएको छ ।  प्रदेश २ को १३६ स्थानीय तह मध्ये १३४ ओटामा बैंकको स्थापना भएको देखिन्छ । यसैगरि प्रदेश ३ को ११९ मध्ये ११७, गण्डकी प्रदेशको ८५ स्थानीय ण्ह मध्ये ८४, कर्णाली प्रदेशको ७९ मध्ये ९८ र सुदुर पश्चिम प्रदेशको ८८ मध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् ।

हाल नेपालमा बैंक तथा वित्तिय संस्थाको संख्या  १६५ रहेको छ । उनीहरुको शाखा संख्या भने ९११० रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल नेपाल २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया