नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ : कति पर्ला एक जनालाई ?

६ बर्ष अगाडि

पन्ध्रलाखको हारहारीमा डिम्यट एकाउन्ट भएका नेपाली लगानकर्ताहरुलाई लगानी गर्नका लागी एउटा नयाँ अवसर खुलेको छ । नेपाल इन्फ्रास्ट्रक्चर(निफ्रा) बैंकले रु ८ अर्ब बराबरको ८ करोड कित्ता सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेपछि लगानीका लागी नयाँ अवसर खुलेको हो ।

निफ्राको उक्त आईपीओ धितोपत्र बजारको हाल सम्मकै ठूलो हो । यस अघि २ अर्ब बराबरको शेयर निष्कासन गरेको अपर तामाकोशी आयोजना हालसम्म कै सर्वाधिक आईपीओ निष्कासन गर्ने कम्पनीको रुपमा रहेको थियो । तर अहिले ८ अर्ब बराबरको शेयर निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक नेपाली शेयर बजारमा हाल सम्मकै सर्वाधिक आईपीओ निष्कासन गर्ने कम्पनी बनेको छ ।

२० अर्ब जारी पूँजी रहेको बैंकले उक्त पुँजीको ४० प्रतिशत अर्थात ८ अर्ब बराबरको ८ करोड कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको हो । नेपालमा करीब १५ लाख डिम्यट खाता भएका नागरीक रहेका छन् । उक्त हिसाबका आधारमा इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्न लागेको शेयरमा सबै डिम्यट खाता वालाले लगानी गर्न चाहे सबैको भागमा ५३–५३ कित्ताको हारहारीमा शेयर पर्ने देखिन्छ ।

बैंकका नायब कार्यकारी अधिकृत (डीसीईओ) भुपेन्द« पाण्डेका अनुसार शेयर निष्कासन गर्ने विशेष प्रस्तावमा साथ मंसिर २९ गते बैंकले प्रथम साधारण सभा बोलाएको छ । बैंकले गर्न लागेको प्रथम साधारण सभाबाट उक्त आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित भए लगत्तै अरु थप प्रकृया अघि बढ्ने छ । 

(डीसीईओ) पाण्डे भन्छन्, 'साधारणसभाले पारित गरे लगत्तै हामी निष्कासन तर्फ अघि बढ्ने छौँ' ।उनको भनाई अनुसार अबको ७ देखी ८  महिना भित्र आईपीओ जारी हुने छ ।

कुनै पनि संस्थाको आईपीओ पारीत गर्न धितोपत्र बोर्डसगँ स्वीकृती लिनुपर्ने हुन्छ ।यस्तै रेटिङ एजेन्सीबाट आईपीओको रेटिङ गर्नुपर्ने, शेयर बिक्री प्रबन्धक नियुक्ती गर्नुपर्ने जस्ता प्रकिृया पुरा गरेपछी मात्र कम्पनीले शैयर निष्कासन गर्नुपर्ने हुन्छ ।

तर अहिले नेपाली शेयर बजार खच्चकीने क्रममा रहेको छ । धितो पत्र बजारमा आशालाग्दो रुपमा हेरीएको बेंकिङ क्षेत्र पनि अहिले बजार मन्दीको चपेटामा परेको देखीन्छ । यस्तो समयमा निष्कासन हुनलागेको इन्फ्रास्ट्रक्चरको ठूलो मात्राको शेयर विक्री नहुने कुरामा भने कुनै पनि शंका नरहेको (डीसीईओ) पाण्डे बताउछन् ।

उनी भन्छन्, 'हाम्रो आईपीओ निष्कासन हुने समय सम्ममा बजारमा सुधार आउँछ होला, त्यही पनि बैंकिङ क्षेत्रको आईपीओ बिक्री हुदैँन भन्ने पनि छैन ।'
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भविष्य राम्रो देखेकाले पनि लगानीकर्ताले विश्वाश गर्ने पाण्डे बताउछन् ।

हाल बैंकको १२ अर्ब चुक्ता पूँजी रहेको छ भने शेयर निष्कासन पश्चात २० अर्ब पुग्ने छ ।

  


 


 

६ बर्ष अगाडि

प्रतिक्रिया