आन्तरिक राजस्व विभागले कर तिर्न सहज बनाउनका लागी मोवाईल एप ल्याएको छ ।
करदाता दिवसको अवसरमा पारेर आन्तरिक राजस्व विभागले परिमार्जन सहित एप ल्याएको हो ।
विभागले ‘आइआरडी’ एप ल्याएको छ । जसमा करदाताले आफुले तिर्नुपर्ने कर मोबाइल एप प्रयोग गरेर तिर्न सक्छन् । प्यान रजिष्ट्ररदेखि लिएर,कर फिर्ताको जानकारी समेत एपमा उपलब्ध हुने छ ।
एप एन्ड्रोइड र आइओएसमा उपलब्ध छ ।
प्रतिक्रिया