काठमाडौं – चालु आर्थिक बर्षको पहिलो तीन महीनामा नेपालबाट बाहिरे भन्दा भित्रिने रकम बढी रहेको छ । जसको फलस्वरूप अहिेल नेपालको शोधनान्तर स्थिती नाफामा पुग्न सफल भएको छ ।
गत आर्थिक बर्षभर नै शोधनान्तर स्थिती घाटामा थियो । तर, चालु आवमा भने शोधनान्तर स्थिती लगतार नाफामा छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार समिक्षा अवधीमा शोधनान्तर स्थिति रू. १४ अर्ब ४३ करोडले बचतमा छ । गत आवको समिक्षा अवधिमा शोधनान्तर स्थिति रु. ३५ अर्ब ४२ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १२ करोड ७८ लाखले बचतमा पुगेको छ । गत आवकोे तीन महिना सम्ममा ३१ करोड ६२ लाखले घाटामा रहेको थियो ।
चालु आवमा बदैशिक लगानी बापत रू.४ अर्ब रकम नेपाल आएको छ । साथै, नेपाल सरकारले पनि रू. २५ अर्ब बराबरको बैदेशिक ऋण परिचालन गरिरहेको छ । यस्ता कारणले समिक्षा अवधीमा शोधनान्तर स्थिती नाफामा गएको हो । साथै, बैदशिक भ्रमणलाई पनि कडाई गर्दा शोधनान्तर स्थिती नाफामा गएको राष्ट्र बैंकको भनाइ छ ।
तर, मुलुकमा चालु खाता घाटाले भने निरन्तरता पाएको छ । यस अवधीमा यस्तो घाटा रू. २७ अर्ब १८ करोड छ । गत आवको समिक्षा अवधिमा यस्तो घाटा रू. ८१ अर्ब ७४ करोड थियो
प्रतिक्रिया