सुनको मूल्य प्रतितोला ३ सयले घट्यो

६ बर्ष अगाडि

शुक्रबार स्थानिय बजारका सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

 शुक्रबारको लागी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । 

बिहीबार प्रति तोला सुन ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको हो भने यो साता सुनको मूल्य जम्मा १ सयले घटेको छ । गत साता सुनको मुल्य प्रतितोला ७१ हजार ८ सय थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया