सफ्टवेयरमा समस्याका कारण बन्द भएको (आरटीजीएस) प्रणाली आजबाट पुन सन्चालनमा

६ बर्ष अगाडि

औपचारिक शुरुआतको १ सातामै बन्द हुन पुगेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली आजबाट पुन सन्चालनमा आउने भएको छ ।

दुई महिना अगाडी सन्चालनमा आएको उक्त प्रणाली सफ्टवेयरमा समस्या आउँदा सुरु भएको एक सातामै बन्द भएको थियो ।

तर अहिले अन्तराष्ट्रिय स्तरको (आरटीजीएस) सफ्टवेयरबाट 'इन्टरफेस' सफ्टवेयर बनाएपछि उक्त प्रणाली पुन सन्चालनमा आउन लागेको हो ।

उक्त प्रणालीको प्रयोगबाट २ लाख रुपैयाँ र त्यसभन्दा बढीको रकम विनाचेक तुरुन्तै एक खाताबाट अर्को खातामा सार्ने सुविधा रहेको छ ।

 
 

६ बर्ष अगाडि

प्रतिक्रिया