दुई थान पस्तोल सहित एक जना पक्राउ

६ बर्ष अगाडि

सिरहा । कल्याणपुर नगरपालिका-२ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका-३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो । 
    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया