दौडमा प्रथम भएपछि पुरस्कार नपाउँदै मैदानमै मृत्यु

६ बर्ष अगाडि

भारतको पञ्जाब निवासी ७८ वर्षिया बख्शीश सिंहको १५०० मिटरको दौड लगतै मृत्यु भएको छ ।

दौडेपछि कपडा फेर्ने क्रममा बख्शीशलाई हृदयाघात भएको थियो । बख्शीश सो दौडमा प्रथम भएका थिए ।

पञ्जाब मास्टर धावक एसोसिएशनले बयोवृद्धहरुबीचमा दौड प्रतियोगिता आयोजना गराएको थियो ।

प्रतियोगतामा दौडका विभिन्न प्रतिस्पर्धामध्ये होशियापुरको जलोबालमा बस्ने बख्शीश सिंहले १५०० मिटरमा र ८०० मिटरको दौडमा भाग लिएका थिए ।

उनी १५०० मिटरमा पहिलो भए भने ८०० मिटरको दौडमा तेस्रो भएका थिए । 

१५०० मिटरको दौडमा पुरा गरेपछि आराम गर्ने क्रममा उनलाई हृदयघात भएको थियो ।

उनका साथीहरुले उनलाई तत्कालै अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरिएको थियो । 

उनका आफन्त महिन्दर सिंह विर्कका अनुसार दौडपछि आराम गर्नका लागि कपडा बदल्ने क्रमा बख्शीश लडेका थिए ।

महिन्दरका अनुसार बख्शीशलाई दौडमा यति रुचि थियो कि उनी आफ्ना साथीहरुलाई मर्दा पनि मैदानमै मर्न पाए हुने कुरा गर्थे ।

६ बर्ष अगाडि

प्रतिक्रिया