सेफर्ड कलेज छाड्दै डा. आचार्यले भने - 'बेइमान व्यापारिक संगत आफैंप्रतिको धोका'

६ बर्ष अगाडि

कलेज सञ्चालकहरुलाई गैर प्राज्ञिक र बेइमान व्यापारी भन्दै सेफर्ड कलेजका प्रिन्सिपल डा. सुरेश आचार्यले कलेज छाडेको घोषणा गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले मंसिरको शुरुवातसँगै कलेजसँगको १७ वर्ष लामो सम्बन्ध तोडेको जनाएका छन् । 

‘सेफर्ड कलेजसँगको १७ वर्ष लामो सम्बन्ध मंसीर महीनाको शुरूवातसँगै समाप्त भएको छ’ उनले भनेका छन्,  ‘इमानलाई धरौटी राखेर गैर प्राज्ञिक र बेइमान व्यापारिक संगत आफैंप्रतिको धोका हुने ठानेर अलग भएको छु ।’

डा. आचार्यले १७ वर्षसम्म स्नेह, सद्भाव र बिश्वास राख्ने  प्राध्यापनमा संलग्न सबै साथीहरु, बिद्यार्थी र कलेज सञ्चालनमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिएका छन् । 

डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हुन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया