कानूनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग

७ बर्ष अगाडि

काठमाडौं– नेपाली कांग्रेसले  बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्रा (महिला) हरुको अस्मितामा आँच आउने गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले दिएको अभिव्यक्तिको भत्सर्ना गरेको छ । 
पार्टीको प्रतिनिधिसभा सचेतक पुष्पा भुसाल र राष्ट्रियसभा प्रमुख सचेतक सरिता प्रसाईले एक विज्ञप्ति जारी गर्दै कानूनमन्त्री तामाङको बर्खास्तीको माग गरेका छन् । 

विज्ञप्तिमा  सार्क क्षेत्रका छिमेकी मित्रराष्ट्र वंगलादेशसँग नेपालको निकटतम् सम्बन्धमा समेत यस्तो कार्यले प्रतिकूल प्रभाव पार्ने देखिने उल्लेख गरिएको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया