राष्ट्रिय विमा संस्थानको नाफा बढ्यो

६ बर्ष अगाडि

राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासमा १ करोड ७४ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफा गत वर्षको भन्दा २९५.७७ प्रतिशत ले धेरै हो । गत वर्ष यसले ४४ लाख १६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । असोज मसान्तसम्म संस्थानले बिमा शुल्क आम्दानी पनि ४२०.४३ प्रतिशत ले वृद्धि गरी ४ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ७८ करोड ५९ लाख रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो ।
 नागक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्र सेवक कर्मचारि को बिमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बिमा संस्थानमार्फत सुरु भएको छ । सरकारी कर्मचारीको बिमा संस्थानमार्फत हुन थालेकाले खुद बिमा शुल्क उल्लेख्य रुपमा बढेको हो । यसले नाफामा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने देखिन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया