राजधानीमा नक्कली सवारी चालक अनुमतिको बिगबिगी

७ बर्ष अगाडि


काठमाडौ। । सरकराले प्रविधिको अनुसरण गरेको भन्दै काठमाडौँ उपत्यका र देशभर नै स्मार्ट सवारी चालक अनुमतिपत्रको व्यवस्था कार्यान्वयनमा ल्यायो । लामो समयदेखि प्रतिक्षामा रहेका सवारी चालक अनुमतिपत्र लिन परीक्षा उर्तिण गरेका ४ लाख बढीले अझैसम्म पनि स्मार्ट कार्ड पाएका छैनन् ।

सरकारले यही साउन भरी नै गृह मन्त्रालयको समेत मेशिन प्रयोग गरी स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्ने जनाएको छ । तर स्मार्ट कार्ड आवेदन दिनेले ढिलो चाँडो पाउलान् नै । तर समस्या भने पछिल्लो दिनमा नक्कली सवारी चालक अनुमतिपत्रले पारेको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको स्मार्ट सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाएर कारोबार गर्ने गिरोह राजधानीमा सक्रिय रहेको पाइएको छ ।

प्रविधिको दुरुपयोग गरेर नक्कली सवारी चालक अनुमतिपत्र बनाउने र मोटो रकम लिएर ठगी गर्ने गिरोहलाई कारवाही गर्न सरकार र सरकारी निकाय समेत प्रभावकारी देखिएको छ ।

उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी छ । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स विस्थापन गरी स्मार्ट लाइसेन्स प्रणाली लागू गरेको हो । प्रविधिको दुरुपयोग गरी  अहिले नक्कली लाइसेन्स लिएर सवारी चलाउने संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

पछिल्लो दिनमा स्मार्ट कार्डको रुपमा रहेको सवारी चालक अनुमतिपत्र नक्कली बनाएर दुरुपयोग गर्ने गिरोह क्रियाशिल रहेको र पक्राउ पर्नेको सख्या समेत बढेको पाइएको हो ।

गत असारको अन्तिम सातापछि प्रहरीले नक्कली स्मार्ट लाइसेन्स लिएका ५ जना सवारी चालक पक्राउ गरेको सो कुराको खुलासा भएको हो । के कति मात्रामा नक्कली सवारी चालक अनुमतिपत्र रहेको छ र गिरोहले के कति मात्रामा त्यस्तो अनुमतिपत्र बनाएका छन् भन्ने बारेमा यकिन तथ्यांक भने न त प्रहरी सँग छ न त यातायात व्यवस्थापन विभाग सँग नै छ ।

ट्राफिक प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बोकेर चक्रपथमा गुड्ने बा ५ ख २८५४ नम्बरको बस चालक चक्र नेपालीलाई असार २९ मा नियन्त्रणमा लियो ।

यस्तै ललितपुर ट्राफिकले गत असार ३१ मा सातदोबाटोबाट  २२ वर्षे प्रविन स्याङ्तानलाई  मालवाहक मिनी ट्रक चलाइरहँदा पक्राउ गर्यो ।

ललितपुर प्रहरीकाअनुसार बा ४ ख ७१२९ नम्बरको मिनी ट्रक चलाउने स्याङ्तानले कार, जिप र बस, ट्रक र लहरी चलाउने  अनुमति पाएका थिए ।

यस्तै ललितपुरबाटै ट्राफिक नियम उल्लङ्घन गरेपछि नियन्त्रणमा लिएका बुद्धबहादुर कामीको स्मार्ट लाइसेन्ससमेत नक्कली भेटियो ।

लाइसेन्स नम्बर ०१–०६–००२४८७५९ रहेको सो लाइसेन्समा बी, एफ र जी क्याटोगरीका सवारी चलाउने अनुमति लिएका कामीले पनि लामो समयदेखि नक्कली अनुमतिपत्र लिएको फेला पर्यो ।

यस्तै ललितपुरको ग्वार्कोबाट बा ५ ख २८५४ नम्बर मिनी बस चालक चक्रे नेपाली पनि नक्कली स्मार्ट कार्ड लिएको अभियोगमा पक्राउ परे ।

यी त उदाहरण मात्रै भए ।  ट्राफिक प्रहरीले कुन स्मार्ट कार्ड सक्कली हो, कुन स्मार्ट कार्ड नक्कली हो भन्ने छुट्याउन सकेको छैन ।

कुन लाइसेन्स सक्कली हो वा नक्कली हो भने र छुट्याउन कठिन भएका कारण दुर्घटना हुँदा के गर्ने र कसरी कारवाही गर्ने भन्ने निक्र्योल गर्न कठिन भएको छ ।

यातायात विभागबाट स्मार्ट लाइसेन्स जाँच्ने कुनै पनि मेसिन उपलब्ध नगराएका कारण समस्या बढ्दै गएको छ ।

शंका लागे पक्राउ गरेर यातायात व्यवस्था विभाग पठाउनुको विकल्प नभएको प्रहरीको भनाइ छ ।

प्रविधिविहीन प्रहरी स्मार्ट लाइसेन्स जाँचमा निरिह बन्नुपर्दा नक्कली लाइसेन्स बनाउने गिरोह राजधानीमा सक्रिय मात्रै नभई सरकारी निकाय भन्दा बढ्ता क्रियाशिल रहेको छ ।

त्यस्तो कार्डमा मोबाइल फोनको सिमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ, जसमा चालक र सवारीसँग सम्बन्धित डाटा त्यही चिप्समा रहेको हुन्छ ।

सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परे त्यसैमा रेकर्ड रहने व्यवस्था गरिएको छ । तर हालसम्म न त प्रहरीले मेशिन पाएको छ न त सरकारले नै चासो दिएको छ ।

विभागले हालसम्म चार लाख स्मार्ट कार्ड वितरण गरेको छ । चार लाखको हाराहारीमा कार्ड लिने प्रतिक्षामा रहेका छन् ।

कागजी सवारीचालक अनुमतिपत्रका कारण परेको समस्या समाधान गर्न सरकारले स्मार्ट कार्डको व्यवस्था गरेपनि कार्डमा नै समस्या देखिएपछि अब के गर्ने भन्ने बारेमा हालसम्म कुनै निर्णय भए

७ बर्ष अगाडि

प्रतिक्रिया