साउने पहिलो सोमाबारका दिन पशुपतिको दर्शन गर्न पुगिन् हिमानी

७ बर्ष अगाडि

काठमाडौं–पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सोमबार  पहिलो साउने सोमबारको अवसरमा   पशुपतिको दर्शन गर्न पुगेकी छन् । उनी केहि सहयोगी र छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका लागि पुगेकी हुन् । 
उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए भने उनले पनि मन्दमुस्कानका साथ समर्थकहरुलाई बिदाई गरेकी थिइन् । 
हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् । 
हिमानीको पति पारस शाहसँग सम्बन्ध  सुमधुर नरहेको बताइन्छ ।  सार्वजनिक कार्यक्रममा हिमानी बिरलै पारसँग देखिन्छिन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया