नयाँ मन्त्री चयनबारे नेकपाको सचिवालय बैठक सुरु

६ बर्ष अगाडि

काठमाडौँ– नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ताले जनाकारी दिए । 

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए ।  त्यस्तै बुधबार बिहान अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिमण्डलमा समावेश गरिने नाम र बाहिरिने नामबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सिफारिस नाम राष्ट्रपतिकोमा लगिएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया