हिमालयन डिष्टिलरी लिमिटेडले आफ्नो १९ औँ साधारण सभा बोलाएको छ ।
कम्पनीले शतप्रतिशत लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।
उक्त सभाले ५० प्रतिशत बोनस शेयर सहीत बोनस शेयरको कर प्रयोजनसहित ५२।६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।
चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको ५० प्रतिशत बोनस वितरण पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।
कन्पनीको साधारण सभा पुस १ गते कम्पनीको रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा हुनेछ ।
प्रतिक्रिया