युवा संघलाई रू ५ भन्दा धेरै चन्दा दिन नपाइने, हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने

६ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संघठन राष्ट्रिय युवा संघले ५ रुपैयाँभन्दा धेरै चन्दा नलिने निर्णय गरेको छ । 

युवा संघ र वाईसीएलको एकतापछिको पहिलो बैठक तथा राष्ट्रिय भेलालाले प्रत्येक ६ महिनामा ‘५ रुपैयाँ अभियान’ बाहेक अन्य सहयोग नलिने निर्णय गरेको हो । 

यसरी संकलन गरेको रकम कार्यकर्ता संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरिने संघले जनाएको छ ।

संघका संयोजक दीपशिखाका अनुसार संघले यहि महिनाभित्र दुवै कोषहरु स्थापना गर्नेछ । 

यो बाहेक कुनैपनि सहयोग गर्न नपाइने पनि संघले जनाएको छ । 

त्यसंगरी संघले जिल्ला समितिभन्दा माथिका प्रत्येक कार्यकर्ताले हरेक वर्ष आफ्नो सम्पत्ति विवरण संघमा बुझाउनुपर्ने समेत निर्णय गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया