नेकपा सचिवालय बैठक बुधबार

६ बर्ष अगाडि

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए  । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उनले जानकारी दिएयो । 

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।  यस्तै बैठकले नयाँ बन्ने भनिएका मन्त्रीको नाम  टुंगो लगाउने पनि बताइएकाे छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया