काठमाडौ – बाणिज्य बैंकहरूले चालु आर्थिक बर्षको पहिलो तीन महीनामा रू २८ खर्ब ७७ अर्ब ७३ करोड निक्षेप सकंलन गरेका छन् । बैंकहरूले आफ्ना संस्थागत तथा व्यत्तिगत ग्राहकबाट यतिका रकम निक्षेपाको जम्मा गरेका हुन् ।
बैंकहरू हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । बैंकहरू गत आवको सो अवधीमा रू. २५ खर्ब ३६ अर्ब १४ करोड निक्षेप संकलन गरेका थिए । जसअनुसार समिक्षा अवधीमा बैंकहरू निक्षेप १३ प्रतिशतले बृद्धि भएको देखिन्छ । नेपालमा २८ बाणिज्य बंैक सञ्चालनमा छन् ।
समिक्षा अवधीमा १२ बाणिज्य बैंकले एक अर्ब भन्दा बढी निक्षेप संकलन गरेका छन् । तथ्यांकअनुसार राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा बढी निक्षेप संकलन गरेको छ । असोजसम्म उक्त बैंकले रू. १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ । निक्षेप संकलन गर्ने मामलामा एनआईसी दोस्रो स्थानमा रहेको छ । उक्त बैंकले समिक्षा अवधीसम्ममा रू. १ खर्ब ७९ अर्ब २४ करोड निक्षेप संकलन गरेको छ ।
यस्तै, नविल बैंकले रू. १ खर्ब ७२ अर्ब ९९ करोड निक्षेप संकलन गरेर आफुलाई तेस्रो स्थानमा ल्याउन सफल भएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, कृषि बिकास बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल बैंक र प्रभु बैंकले एक अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेका छन् ।
समिक्षा अवधीमा सबैभन्दा कम निक्षेप भने सिभिल बैंकले संकलन गरेको छ । यस अवधीसम्म सिभिल बैंकले रू. ४२ अर्ब ९१ करोड ९२ लाख मात्र निक्षेप संकलन गरेको छ ।
प्रतिक्रिया