फरक क्षमता भएका विद्यार्थीका लागि ७० लाखको विद्यालय

६ बर्ष अगाडि

फरक क्षमता भएका बालबालिकालाई अध्ययनका लागि गुल्मीमा करिब ७० लाखको लागतमा विद्यालय भवन बनेको छ । 

रेसुङ्गा नगरपालिकास्थित उपल्लोतम्घास माविमा ६९ लाख ७८ हजार १ सय १२ रुपैयाँको लागतमा चारकोठे पक्की भवन निर्माण भएको हो । 

पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलले उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै मन्त्री ज्ञवालीले शिक्षाले समाज बदल्ने र समाजले राष्ट्र बदल्ने बताए । 

विद्यालयमा ११ वटा स्थानीय तहका ३२ जना फरक क्षमता भएका बालबालिकाहरुले अध्ययन गरिहरेका छन् । 

नयाँ भवन बनेपछि भर्ना भइसकेका विद्यार्थीलाई अध्ययन गर्न र नयाँ विद्यार्थी भर्ना गर्न सजिलो हुने विद्यालयले जनाएको छ । 
पाउने भएका छन् ।

०५९ सालदेखि फरक क्षमता भएका विद्यार्थीहरुलाई पढाउन थालेको उक्त विद्यालयमा संरचना अभावमा समस्या भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया