आईपीओको तयारीमा रहेको ज्योती लाइफले २६ करोड को बीमा शुल्क उठायो

६ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति लााइफ इन्स्योरेन्सले  २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क उठाएको छ ।

बीमा कम्पनीले बीमा शुल्क संकलनलाई ११९.७६ प्रतिशतले बढाएको हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा १२ करोड २ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको  थियो। 

ज्योती लाइफ ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनको तयारीमा रहेको छ ।

एक अर्ब ५४ करोड रुपैयाँ चुक्तापूँची रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८९ पैसा रहेको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया