काठमाडौं – नेपाल बैंकको व्यवस्थापन तथा सञ्चालक समहुप्रति बैंकका कर्मचारी रूष्ट देखिएका छन् । बिशेषगरि बैंकले दिने सेवासुविधा पर्याप्त नभएको भन्दै उनीहरू बैंकप्रति रूष्ट देखिएका हुन् ।
नेपाल राष्ट्र बैंकले ८ बर्षपछि गत शनिबार आफ्नो ८३ औं बार्षिक उत्सव मनायो । न्यूनरोड स्थित बैंकको कन्द्रिय कार्यालय परिसरमा गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बैकका अध्यष बाशुदेव अधिकारी, बैंकका सीइओ कृष्णा बहादुर अधिकारी लगायतको उपस्थिती थियो ।
बैंकले यस्ता उच्च पदस्त व्यक्तिहरूको माझमा हौसलाका साथ बार्षिक उत्सव मनाइरहेको थियो । जव टे«ड युनियनका प्रतिनिधिहरूले मन्तव्य राख्न थाले, त्यसपछि कार्यक्रमको माहोल फरक देखिएको थियो ।
टे«ड युनियनका तर्फबाट नेपाल बैंक कर्मचारी युनियनका अध्यक्ष राजुराम मुनकर्मी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्द प्रसाद सुवेदी, नेपाल वित्तिय संस्था कर्मचारी संघका निमित्त अध्यक्ष जिवराज ढकाल र नेपाल बैंक कर्मचारी संघका कार्यवाहक अध्यक्ष नवराज लम्सालले मन्तव्य राखेको थिए ।
मन्तव्यका क्रममा उनीहरुले नेपाल बैंक प्रति असन्तुष्ट व्यक्त गरेका थिए । बैंकले दिने सेवा सुविधा पर्याप्त नभएको भन्दै उनीहरुले सेवासुविधा बढाउन व्यवस्थापन पक्षलाई जोड दिएका थिए ।
सायद कर्मचारीहरूले बैंकका उच्च अधिकारी तथा सञ्चालकहरूलाई कमै मात्रा भेट्न पाउछन् । बार्षिक उत्सवको अवसरमा उच्च अधिकारी र सञ्चालकको अगाडि बोल्ल पाएपछि बर्षौदेखि रूष्ट कर्मचारीले सायद भन्नुपर्ने कुरा केही बाँकी राखेनन् ।
नेपाल वित्तिय संस्था कर्मचारी संघका निमित्त अध्यक्ष जिवराज ढकालले अहिले पनि २०६१ सालमा पाउने सेवासुविधा नै पाइरहेको बताए । उनले भने, ‘बैंक हालका उच्च अधिकारीहरू ६१ सालतिर जुन पदमा हुनुहुथ्यो, सोही पदमा उहाँहरूले त्यतिबेला पाउने सेवा सविधा र अहिलेकाले पाउने सेवासुविधामा कुनै फरक छैन । हामीले घर भाडा भत्ता बापत जम्मा १८ सय रूपैयाँ बुझ्दै आएका छौं । कर्मचारीको सेवा सुविधा बढाउने बिषयमा सम्बन्धीत पक्षले ध्यान दिन आवश्यक छ ।’
नेपाल बैंक सरकारी स्वामित्वको बैंक हो । यो बैंक लामो समयसम्म घाटामा सञ्चालन भयो । त्यसैले गर्दा पनि बैंकले बार्षिक उत्सव कार्यक्रम गर्न सकेको थिएन । साथै, कर्मचारीको सेवा सुविधा पनि राम्रोसँग बढाउन सकेको थिए । यस्ता कारणले गर्दा पनि कर्मचारीहरू बैंक प्रति रूष्ट देखिएका थिए ।
तर, बैंकले लामो समयपछि गत आवमा भने नाफा कमाएको थियो । र, चालु आवको पहिलो त्रैमासमा पनि बैंक ५८ करोड भन्दा बढीले नाफामा छ । टेड्र युनियनका एक प्रतिनिधिले भने ‘अहिले कर्मचारीहरुको मुहारमा खुसीयाली आएको छ । अब यसमा निरन्तरता दिनुपर्छ । पहिले जस्तो बार्षिक उत्सव नमनाउने गर्न हुँदैन । साथै, सेवा सुविधा पनि थप गर्नुपर्छ ।’
उनीहरूको यस्ता गुनासा प्रति बैंकका उच्च अधिकारी आगमी दिनमा सेवा सुविधा बढाउन सक्ने आसवासन दिएका थिए । तर, अर्थमन्त्री खतिवडा भने यस बिषयमा कडा रूपमा प्रस्तुत भए, कर्मचारीले सेवा सुविधा मात्रा खोज्न नहुने उनको भनाइ थियो ।
उनले भने, ‘कर्मचारीले आफै कमाएर खाने मानसिकताको विकास गर्नुपर्छ । एउटाले कमाएर जम्मा गर्ने, अर्को आएर खाने प्रवृतिको अन्त्य गर्नुपर्छ । तब बैंकको व्यवसायीक विकास हुन्छ र सेवा सुविधा पनि बढ्न सक्छ ।
प्रतिक्रिया