६० मेघावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवार भित्रै बाट आयोजनाको उद्घाटन गरेका हुन ।
रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गरेका हुन् ।
काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन ।
आयोजनाको पहिलो र दोस्रो युनिटबाट गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । आयोजनाको उदघाटन भएसँगै व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।
विद्युत प्राधिकरणले जनाए अनुसार यो आयोजनाबाट दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सकिनेछ ।
प्रतिक्रिया