नेपाल बैंक लिमिटेडले २३ बर्षपछि सेयरधनीलाई उपहारको घोषणा गरेका छ । बैंकको बैसाख १ गते बसेको सन्चालक समितीको बैठकले उत्त घोषणा गरेको हो । बैंकले १० प्रतिशत नगत लाभाँश र १५ प्रतिशत बोनस सेयर गरी २५ प्रतिशत लाभांश घोषण गरेको हो ।
सन्चालक समितिले गरेको यो घोषणा लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आफ्नो साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।
गत आर्थिक वर्ष बैंकले २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । सोही नाफाबाट लगानीकर्तालाई लाभांशको घोषणा गरेको हो ।
प्रतिक्रिया