काठमाडौं – दरबारमार्गमा रहेको नेपाल ट्रस्टको कार्यालय हटाएर थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा साढे पाँच अर्ब अनियमितता भएको पाइएको छ।
दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’ मा मासिक एक करोड ८० लाख रूपैयाँ भाडा लिनुपर्ने भए पनि यती होल्डिङ्सको भगिनी संस्था थामसेर्कुलाई ४० लाखमै उपलब्ध गराइएको देखिन्छ।
नेपाल ट्रस्टले बनाएको मूल्यांकन समितिले ट्रस्टको स्वामित्वमा दरबारमार्गमा रहेको एक रोपनी १४ आना जग्गा ३० वर्षलाई लिजमा दिँदा ६ अर्ब ४५ करोड प्रस्ताव गरेको थियो। तर नेपाल ट्रस्टले मूल्यांकन समितिको प्रस्ताव लत्याउँदै थामसेर्कुलाई भवन निर्माणको लागत कटौती गरेर एक अर्ब ४० करोडमा लिजमा दिएको हो। दरबारमार्गमा रहेको उक्त जग्गा लिजमा दिँदा साढे पाँच अर्ब अनियमितता भएको पुष्टि हुने नेपाल ट्रस्टकै उच्च अधिकारीहरूको भनाइ छ।
नागरिक दैनिकबाट
प्रतिक्रिया