काठमाडौं– माथिल्लो त्रिशुली थ्री ‘ए’ को आज औपचारिक रुपमा उद्घाटन हुँदैछ।
गथत चैत देखी नियमित विद्युत् उत्पादन गरेको परियोजना अहिले सम्म उद्घाटन भएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार ९ महिना पूर्ण ६० मेगावाट क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाबाट हिउँदका तीन महिना ४५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
प्रतिक्रिया