मेडिकल कलेजको यस्तो लुट : तीन वर्षमा तीन अर्बको ठगी

६ बर्ष अगाडि

सतर्कता केन्द्रको प्रतिवेदन अनुसार नेपालका विभिन्न मेडिकल कलेजहरुले तीन वर्षमा तीन अर्बको ठगी गरेको पाइएको छ ।

उक्त प्रतिवेदन अनुसार १३ वटा मेडिकल कलेज ठगी धन्दामा रहेको खुलेको हो । जसमा गण्डकी मेडिकल कलेजले ४३ करोड ५ लाख ठगी गरेको पाइएको छ ।

त्यस्तै नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड ७२ लाख, नेसनल मेडिकल कलेजले ३२ करोड ३५ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, विराट मेडिकल कलेजले १९ करोड ९ लाख, कलेज अफ मेडिकल साइन्सले १० करोड ६१ लाख ठगी गरेका छन् ।

त्यस्तै मणिपाल मेडिकल कलेजले १० करोड ९ लाख, किस्ट मेडिकल कलेजले ५ करोड ९९ लाख, देवदह मेडिकल कलेजले ३ करोड ९० लाख ठगी गरेका छने भने चितवन मेडिकल कलेजले विवरण दिन नमानेको बताइएको छ ।

चितवन मेडिकल कलेजले विवरण नदिएपनि ठगी धन्दा अरु मेडिकल कलेज जस्तै नै रहेको छ ।
नयाँँ पत्रिकाबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया