जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताए।
कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन कैदीबन्दीलाई साक्षर बनाउनका लागि शैक्षिक सामाग्री सहयोग गरिएको श्रेष्ठले बताए।
नेपाली सेनाले दिएको शैक्षिक सामग्रीले कैदीबन्दीलाई साक्षर बन्न ठूलो सहयोग पुग्ने कारागारका जेलर शेरबहादुर तिरुवाको भनाइ रहेको छ ।
प्रतिक्रिया