हुवावेले ल्यायो 'मेट एक्स', आफ्नै अपरेटिङ सिस्टम हुने

६ बर्ष अगाडि

चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नो पहिलो फोल्डिङ फोन मेट एक्स लन्च गरेको छ ।
हुवावेमाथी सुरक्षा खतरा रहेको भन्दै अमेरिकी प्रतिबन्धका बिच लन्च भएको मेट एक्समा गुगलका कुनै पनि फिचर समावेस गरिएको छैन । 

अमेरिकी कम्पनी गुगलले हुवावेलाई अपरेटिङ सिस्टम एन्ड्रोइडसहित गुगलका अन्य फिचर्स प्रदान गरेन ।
 हुवावेले आफ्नै अपरेटिङ प्रणालीको निर्माण गरी मेट एक्स लन्च गरेको छ।

कस्तो छ त मेट एक्स ?

१४ दशमलब ६ सेन्टिमिटर चौडा यस फोनमा ८ इन्चको ओएलइडी ट्याबलेट डिस्प्ले छ भने यो फोन फोल्ड हुँदा ६.६ इन्चको स्मार्टफोन बन्दछ।

यसमा ९८० चिपसेट प्रयोग गरिएको छ। यसमा गुगलको एन्ड्रोइड ९.० मा आधारित इएमयूआइ ९.१.१ अपरेटिङ प्रणाली जडान गरिएको छ। 
मेट एक्सको मूल्य २ हजार ४ सय २२ अमेरिकी डलर रहेको बताइएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया