चालु आर्थिक वर्षको पहिलो ४ महिनामा पुँजीगत खर्च मात्रै ६.०५ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । पुँजीगत खर्चमा पनि नेपाल सरकार कमजोर देखिएको हो ।
कार्यालयको तथ्यांक अनुसार चार महिनामा २४ अर्ब ७१ करोड रुपैयाँ पुँजिगत खर्च भएको हो । यस आवमा सरकारले कूल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजिगत खर्चको लक्ष्य राखेको छ ।
सरकारले यस अवधिमा सोचेअनुसार पुँजिगत खर्च गर्न नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले स्वीकार गरे । ‘पुँजिगत खर्च सोचेअनुसार हुन नसकेको सत्य हो,’ आइतबार कर दिवसको अवसर पारी आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘तर, तर अर्थतन्त्रका धेरै सूचक यसबीचमा सकारात्मक छन् ।’
तथ्यांकअनुसार यस अवधिमा चालु खर्च भने २०।५७ प्रतिशत पुगेको छ । कूल ९ खर्ब ५७ अर्ब चालु खर्चको लक्ष्य राखिएकोमा यस अवधिमा १ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ पुँजिगत खर्च भइसकेको छ । सरकारले यस वर्ष कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारको ढुकुटीबाट अहिलेसम्म १४।७३ प्रतिशत बजेट खर्च भएको छ । चार महिनामा २ खर्ब २५ अर्ब ६८ करोड रुपैयाँ बजेट खर्च भएको सरकारी तथ्यांक रहेको छ ।
प्रतिक्रिया