गभर्नर चिरञ्जीवि नेपालले नेपालमा कामको प्रशस्त सम्भावना हुँदा पनि देशमै परिश्रम नगरी विदेश जाने प्रवृत्ति रहेको बताएका छन् । पसिना नेपालमा बगाउँदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनको ठम्माई छ ।
‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,उनले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन् । हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’
काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपाल उक्त कुरा वताएका हुन ।
नेपालीको घरघरमा सहजै पैसा पुगेको भए पनि त्यसको सदुपयोग हुन नसकेकोमा उनको चिन्ता व्यक्त गरे । ७ सय ४१ तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको वताउदै उनले प्रश्न गरे, ‘ घरघरमा पुगेको पैसा किन सदुपयोग हुन सकेको छैन?
बैंकिङ एक्स्पोमा नै सबै बैंक तथा वित्तीय संस्थाहरु नै उपस्थित नभएको भन्दै उनले सर्वसाधरण मात्रै नभएर बैंक तथा बित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको बताए ।
‘बैंकबारे बुझाउन नसकिएकै कारण मान्छेहरुले उद्यमशील कसरी बन्ने भन्नेबारे थाहा नपाएका हुन्,’ गभर्नर नेपालले भने ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकास तीव्र रुपमा भइरहेको बताए । त्यस्तै नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकास तीव्र रुपमा भइरहेको बताए ।
प्रतिक्रिया