नेपाल बैंकले साढे दुई अर्बको ऋणपत्र बिक्री गर्दै

६ बर्ष अगाडि

काठमाडौं – सरकारी स्वामित्वको नेपाल बैंकले  साढे  दुई अर्ब बराबरको ऋणपत्र बिक्री  गर्ने भएको छ ।

 आगामी २०८३ सालमा परिपक्व हुने गरी बैंकले जारी गर्न लागेको ऋणपत्रको ब्याज दर १० प्रतिशत हुनेछ ।

ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

कुल २५ लाख कित्ता ऋणपत्रमध्ये १५ लाख कित्ता ब्यक्तिगत तवरबाट र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ ।

ऋणपत्र निष्काशनका लागि सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिलका प्रमुख कार्यकारी अधिकृत सबीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया