गत वर्ष सबैभन्दा धेरै कर क–कसले तिरे ? हेर्नुहोस सूची

६ बर्ष अगाडि

व्यवसायी सिद्धार्थ शमशेर राणा लगातार चारवर्षसम्म सबैभन्दा बढि व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् । 

आठौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढि व्यक्तिगत कर तिर्ने करदाताको रुपमा राणालाई सम्मान गरेको छ।

सिप्रदी ट्रेडिङका संचालक समेत रहेका भएका राणा सफल व्यवसायी हुन् । यो सँगै लगातार चारवर्ष सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । 

दिवसको अवसरमा गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका १५ विधाका उत्कृष्ट करदातालाई   अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरे ।  

गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्नेमा चुरोट उत्पादक कम्पनी सूर्य नेपाल परेको छ । 

अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । 

मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् ।

बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।

अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् ।

आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया