समता लघुवित्तको हकप्रद भर्ने आज आइतबार अन्तिम दिन रहेको छ।
लघुवित्तले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न २०० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको हो ।
लघुवित्तले १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद असोज २७ गतेदेखि बिक्रीमा ल्याएको थियो ।
शेयर निष्काशन प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको लघुवित्तको हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया