नेकपा सचिवालय बैठक बस्दै

६ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने तथा पार्टीको स्थायी समितिको बैठक बोलाउने विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक डायलासिस गरेर आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार डायलासिसपछि हाल निवासमै आराम गरिरहेका छन् ।

स्वास्थ्य समस्याका कारण आइतबार युवा संघले गर्ने प्रशिक्षण कार्यक्रममा समेत अनुपस्थित हुने भएका छन् । सो कार्यक्रमलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया