शिखर इन्स्योरेन्सलाई १२ करोड नाफा

६ बर्ष अगाडि

शिखर इन्स्योरेन्सले १२ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले उक्त नाफा कमाएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ५७ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने यसपाली इन्स्योरेन्सले त्यस समयको भन्दा १४।८५ प्रतिशतले बढी नाफा कमाएको छ ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

६ बर्ष अगाडि

प्रतिक्रिया