आजदेखि कर सप्ताह, १० लाख भन्दा बढि कर तिर्दा नगद प्रयोग गर्न नपाइने नियम बन्दै

६ बर्ष अगाडि

आठौं राष्ट्रिय कर दिवस आजदेखि मनाईँदैछ । आन्तरिक राजस्व विभागले आजदेखि एक सातासम्म कर दिवस मनाउन लागेको हो ।  

‘स्वच्छ कर प्रशासन : विकास र सुशासन’ भन्ने मूल नाराका साथ यो वर्षको कर दिवस मनाउन लागिएको विभागले जनाएको छ । 

कर  दिवसको पहिलो दिन सबैभन्दा धेरै कर तिर्ने १० जना व्यवसायी र ५ जना कर्मचारीलाई सम्मान गरिनेछ।

यस्तै मंसिर २ देखि ६ गतेसम्म करदाता कार्यलयहरुमा करदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। दुई गते उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बरले छलफल कार्यक्रम गर्नेछन्। यसैगरी मंसिर ६ गते मदिरा र ब्रुअरी कम्पनीसँग अन्तरक्रिया गर्नेछ।

नेपालमा २९ लाख ६५ हजार करदाता रहेका छन् । 

यसैबीच सरकारले अबदेखि १० लाख भन्दा बढि कर तिर्दा नगद प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागेको छ । यसको लागि चेक, ड्राफ्ट वा विदुतीय माध्यमबाट भूक्तानी गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । 

सामान खरिदमा विद्युतिय माध्यमबाट भूक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता बैंकिङ कार्डबाट गर्न नसकिने भएको छ। तत्कालको लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त मोबाइल वालेट कम्पनीबाट मात्र भ्याट फिर्ता गर्न सकिने भएको छ।

वैज्ञानिक अनुमानयोग्य पारदर्शी राजस्व प्रणाली विकास गरी लगानी मैत्री वातावरण सृजना गर्ने उद्देश्य लिएको विभागले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया