दुर्घटनामा एकको मृत्यु

६ बर्ष अगाडि

काठमाडौँ महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत छ जना गएराति पक्राउ परेका छन् ।     
     
उनीहरुको साथबाटदुई लाख २० हजार नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले आज एक सूचनामार्फ जनाएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने जनाइएको छ ।     
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया