राजधानीमा अपराधका घटना बढे

७ बर्ष अगाडि

काठमाडौंँ– राजधानीमा कर्तव्य ज्यान, चोरी, डकैती, ठगी, लागूऔषध ओसारपसार, अबैध हतियारको कारोबार, जवरजस्तीकरणी र साइवर अपराधका घटनाहरू बढेका छन् ।  
अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधका घटनाहरूमा गत आर्थिक वर्षमा ३३ प्रतिशतले वृद्धि भएको प्रहरीले जनाएको छ । समग्रमा पनि आर्थिक वर्ष २०७४÷७५ मा छ हजार ८४१ वटा मुद्दा दर्ता भएका थिए जुन अघिल्लो आर्थिक वर्षको तुलनामा अधिक हो । त्यस अघिको वर्षमा चारहजार ५८२ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएको मुद्दामा पनि वर्गीकरण गरी प्रहरीले अपराधको चित्र बाहिर ल्याएको छ ।
अपहरण तथा शरीर बन्धक, महिला वेचविखन, विस्फोटक पदार्थको प्रयोग, संगठित अपराध, गुण्डागर्दी, कुटपिट अंगभंग लगायत घरेलु हिंसाका घटनाहरूमा नियन्त्रण आएका प्रहरीको दाबी छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रवार अपराध सम्वन्धी एकतथ्याङ्क सार्वजनिक गर्दै राजधानीमा हुने १८ किसिमका अपराधहरू मध्ये १० वटा अपराधको संख्या तुलनात्मक रुपमा घटेको देखाएको छ । 
काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कर्तव्य ज्यान, खुनडाँका, खोटा चलन, ठगी, लागूऔषध, हातहतियार खरखजना, जवरजस्तीकरणी, विद्युतीय कारोवार तथा साइवर क्राइम जन्य अपराधका घटनाहरुमा बृद्धि भएको जानकारी दिए । गोरखापत्र  दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया