स्टान्डर्ड चार्टर्डले ६४ करोड नाफा कमाउँदा वितरण योग्य नाफा कति ?

६ बर्ष अगाडि

स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा ६.२८ प्रतिशत धेरै नाफा कमाएको छ । 

गत वर्ष असारदेखि असोजसम्म ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

यसअवधिमा बैंकको वितरण योग्य नाफा ४९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ । 

स्टान्डर्ड चार्टर्डले प्रतिसेयर आम्दानी १ रुपैयाँ ९ पैसाले बढाएर  ३२ रुपैयाँ १६ पैसा पु¥याएको छ । प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ २८ पैसा रहेको छ ।

निक्षेप संकलन १५.८७ प्रतिशत र कर्जा लगानी ६.८७ प्रतिशतले बृद्धि गरेको बैंकले बैंकको सञ्चालन नाफा ६.२८ प्रतिशतले बढेको छ ।

यो अबधिमा बैंकको खुद ब्याज आम्दानी पनि १०.८२ प्रतिशत बढेको जनाइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया