नबिल बैंकले तीन महिनामा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म बैंकले कमाएको नाफा गत वर्षको मा भन्दा ६.७५ प्रतिशत ले बढी हो ।
गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा ७४ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
तर बैंकको चुक्ता पुँजी अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ ।
असोज मसान्तसम्म चुक्ता पुँजी १२.०४ प्रतिशतले बढाएको बैंकको प्रतिसेयर आम्दानी अहिले ४८ रुपैयाँ ९३ पैसा रहेको छ ।
पहिलाको तुलनामा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले घटेको हो ।
प्रतिक्रिया