एनआईसी एसीयाको नाफा : आघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत बढी

६ बर्ष अगाडि

एनआइएसी एसिया बैंकले पहिलो त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.१३ प्रतिशत बढी नाफा कमाएको छ । 

गतवर्ष ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको तीन महिनामा १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ नाफा कमाएको हो । 

आज सार्वजनिक गरेको विवरण अनुसार बैंकको वितरण योग्य नाफा ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले बढेर ४० रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १५३ रुपैयाँ ६१ पैसा रहेको छ । 

खुद ब्याज आम्दानी १.२२ ले घट्दा सञ्चालन नाफा ३४.६५५ ले बढेको कारण खुद नाफा बढ्न सहयोग पुर्याएको हो । 

गत वर्षको नाफाबाट एनआइसीले लगानीकर्तालाई ११.०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी २१.०५२ प्रतिशत लाभांश दिएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया