बाँकेमा क्षयरोग न्यूनीकरणको अभियान सुरु

६ बर्ष अगाडि

बाँकेमा क्षयरोगका बिरामी बढ्न थालेपछि न्यूनीकरणको अभियान थालिएको छ । नेपाल सिआरएस कम्पनीले सरकारी निजी साझेदारी कार्यक्रमअन्तर्गत न्यूनीकरणको अभियान थालेको हो । स्थानीय समुदायस्तरमा लुकेर बसेका क्षयरोगका बिरामीलाई खोजेर उपचारको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको नेपाल सिआरएस कम्पनीका कार्यक्रम संयोजक विक्रम चन्दले बताए ।

अभियानअन्तर्गत करिब ५० वटा औषधि फार्मेसीको छनोट गरी क्षयरोगीको उपचार गरिने कार्यक्रम रहेको छ । संयोजक चन्दका अनुसार, फार्मेसीले क्षयरोगको निदान, रोगको पहिचान तथा बिरामी खोजी तथा गुणस्तरीय उपचार गर्नेछन् । जिल्ला स्वास्थ्य कार्यालय, सेभ द चिल्ड्रेन, नेपालगञ्ज उपमहानगरपालिका, औषधि व्यवसायी सङ्घलाई अभियानका सहयोगीका रुपमा समेटिएको छ ।

बाँकेमा ७८५ क्षयरोगका बिरामी रहेका छन् । जिल्लाको खजुरा गाउँपालिका सबैभन्दा बढी बिरामी छन् भने राप्तीसोनारी गाउँपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या न्यून रहेको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिए ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया