पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भरतपुर विमानस्थलको स्तरोन्नती प्रकृया शुरु गरेको छ ।
विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरी प्रकृया शुरु गरेको हो ।
विमानस्थलसँगैको सेनाको ब्यारेक रहेकोले त्यसको स्थानान्तरण गर्ने र वरिपरी बनेका अन्य संरचना मापदण्डमा झार्नुपर्ने भएकोले समितिले छलफल गरिरहेको पर्यटन मन्त्री योगेश भट्टराइले बताए ।
“बन्दै गरेका संरचना मादण्डअनुसार बन्नुप¥यो, बनिसकेकाको पुनःसंरचना हुनुप¥यो ”, उनले भने, ‘त्यसकै विषयमा छलफल भइरहेको छ । ’
उनका अनुसार नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको छ ।
नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया शुरु हुने उनको भनाइ छ । ‘सेनाना तयार छ, उचित स्थान तय भएसँगै उहाँहरु सर्नुहुन्छ, अनि काम शुरु हुन्छ’, उनले भने ।
प्रतिक्रिया