बैतडीका सातवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीनदिने तालीम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहयोगमा सञ्चालन भएको तालीममा न्यायिक समितिका संयोजक, पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।
न्यायिक समितिका पदाधिकारीलाई स्थानीय स्तरमा न्याय निरुपण गर्दा आवश्यक पर्ने कानूनी ज्ञानका विषयमा पनि तालीममा छलफल भएको उनले बताए । तालीमले न्यायिक समितिका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुग्ने पुर्चौंडी नगरपालिकाका न्यायिक समितिका संयोजक जानकी बमले बताए ।
तालीमले न्यायिक समितिले सम्पादन गर्नुपर्ने काम र स्थानीय स्तरमा न्याय निरुपणमा सहयोग पुग्ने मेलौली नगरपालिकाका न्यायिक समितिका संयोजक राधा ओझाले बताए । स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरी स्थानीय स्तरमा न्याय निरुपणमा सजिलो होस् भनेर तालीमको आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । तीनवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुका लागि दोस्रो चरणमा तालीम सञ्चालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।
प्रतिक्रिया